धादिङमा भीरमौरीको मह खाँदा ७ जना विरामी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
धादिङमा भीरमौरीको मह  खाँदा ७ जना विरामी

Share

नारीकोसिस डटकम/वैशाख २२, धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भीरमौरीको मह खाँदा  ७ जना बिरामी परेका छन्। बिहान साढे नौ बजेतिर मह खाँदा बिरामी परेका हुन्।

मह खाँदा सिकिस्त बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ। मह खाँदा मोक्ता लामा तामाङ, हिमाल बिक, लालु बिक, सुष्मा तामाङ, मि लामा तामाङ बिरामी परेका छन्।

उनीहरुको स्वास्थ्य बिन्दु बोराङमा उपचार भइरहेको बोराङबाट स्थानीय बिजय तामाङले जानकारी दिए। मह खाएपछि काम्ने, लड्ने, वाकवाकी लाग्ने लक्षण देखिएको थियो।

तपाईको प्रतिक्रिया