त्वचामा नरिवलको पानी लगाउँदा फाइदा

नारीकोसिस डटकम/वैशाख २२, काठमाडौं । गर्मी मौसममा नरिवलको पानी पिउँदा शरीरलाई निकै फाइदा हन्छ तर यसलाई अनुहारमा लगाउँदा अनुहार सफा हुनुका साथै चमकदार बनाउन मद्दत गर्छ ।
१.नरिवलको पानीले दिनहुँ त्वचा धुने गर्नाले आँखामा भएको कालो घेरा हट्दै जान्छ ।
२.नरिवलको पानीले अनुहार तथा त्वचा धुने गर्नाले त्वचामा भएका दागहरु हटाउनुका साथै त्वचा सफा र चम्किलो देखिन्छ ।
३.यसले छालालाई घामबाट बचाउनुका साथै त्वचालाई नरम र चमकदार बनाउन मद्दत गर्छ ।
४.यसको प्रयोगले अनुहारमा भएको दाना तथा डन्डीफोर हटाउनमा पनि मद्दत गर्छ ।
५.यसको नियमित प्रयोगले छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।
तपाईको प्रतिक्रिया