विराटनगरमा मेयरकै अगुवाईमा हड्ताल

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विराटनगरमा मेयरकै अगुवाईमा हड्ताल

Share

नारीकोसिस डटकम/वैशाख २३, विराटनगर । प्रदेश १ को स्थायी राजधानीबारे प्रदेश सभामा प्रस्ताव दर्ता भएसँगै विराटनगर आन्दोलित भएको छ । यो आन्दोलनको अगुवाई बिराटनगर महानगरका मेयर स्वयंमले गरिरहेका छन् ।

दुई तिहाई बहुमत रहेको सत्तारुढ नेकपाले आइतबार विराटनगरलाई प्रदेश राजधानी तोकेर कार्यापालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरु बृहत विराट क्षेत्र अन्तर्गत बिराटनगर, सुन्दरहरैचा र इटहरीमा निर्माण गर्ने प्रस्ताव दर्ता गरेको थियो ।

विराटनगरलाई राजधानी बनाएर कार्यापालिका र व्यवस्थापिका अन्यन्त्र लैजानु व्यवहारिक नभएको भन्दै उनले सच्याउन माग गरेका छन् । उनी भन्छन्, ‘जनतालाई सहज बनाउन एकै ठाउमा संरचना निर्माण गर्नुपर्ने हो तर, विराटनगरलाई राजधानी घोषणा गरेर कार्यापालिका र व्यवस्थापिका इटहरी आसपास लैजानु व्यवहारिक छैन ।’

तपाईको प्रतिक्रिया