बाजुराको भाइरल ज्वरो सामान्य बन्दै

नारीकोसिस डटकम/वैशाख २४, बाजुरा । बाजुरामा फैलिएको भाइरल ज्वरो सामान्य बन्दै गएको छ । हिमाली गाउँपालिका ५ को बँच्छ्या, क्युडी र ६ नं वडाको पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण अहिले सामान्य हुँदै गएको हो ।
सिङ्गो गाउँ नै प्रभावित हुने गरी फैलिएको संक्रमण दिनप्रतिदिन सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।
रोगको सङ्क्रमणबाट प्रभावित बिरामी निको हुँदै गएका छन् भने थप व्यक्तिमा सङ्क्रमण नदेखिएको कार्यालय प्रमुख अशोक सिंहले जानकारी दिए । गाउँमा चार दिनदेखि स्वास्थ्यकर्मीको टोली उपचारार्थ खटिरहेको छ । सङ्क्रमण फैलिएको प्रत्येक गाउँमा स्वास्थ्यकर्मी खटिएका छन् ।
तपाईको प्रतिक्रिया