डोटीमा अज्ञात समूहले वडा कार्यालय जलायो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
डोटीमा अज्ञात समूहले वडा कार्यालय जलायो

Share

नारीकोसिस डटकम/वैशाख २४, डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । कार्यालयको ढोका फोडेर कागजात र फर्निचरहरुमा आगजनी गरिएको हो ।

वडा नं ४. का अध्यक्ष विरेन्द्र बहादुर कोटकेनीले वडा कार्यालय गाउँ भन्दा अलि टाढा भएकाले कसले जलायो भन्ने थाहा नभएको बताए । उनले सबै कागजातहरु र फर्निचरहरु जलेर खरानी भएको बताए ।

घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय वीपीनगरबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्या नन्द माझीले बताए ।

घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय वीपीनगरबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्या नन्द माझीले बताए ।

तपाईको प्रतिक्रिया