धनुषामा अढाई वर्षीय बालकको घाँटी रेटेर हत्या

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
धनुषामा अढाई वर्षीय बालकको घाँटी रेटेर हत्या

Share

नारीकोसिस डटकम/वैशाख २४, धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केबरमा शम्भु साहको अढाई वर्षीय छोरा आर्यन साहको घाँटी काटेको अवस्थामा शव भेटिएको हो ।

सोमबार साँझबाट बेपत्ता बालक हत्या गरिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज रायले बताए ।

घरका सदस्य नजिकैको धारामा पानी लिएर आएपछि बालकलाई आँगनमा देखिएका थिएनन् ।

प्रहरी निरीक्षक रायले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया