ट्युबवेल गाड्दा ग्यास निस्कियो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ट्युबवेल गाड्दा ग्यास निस्कियो

Share

नारीकोसिस डटकम/वैशाख २५, तानसेन । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ ।

सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ ।

स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले बताए ।

जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको छ । पाल्पामा पहिलोपटक जमीनमुनिबाट ग्यास निस्किएको हो । जमीनमुनिबाट निस्केको ग्यासमा आगो बलेपछि त्यस क्षेत्रमा अहिले भीड लागेको छ ।

यस ग्यासका बारेमा विस्तृृत अध्ययन अनुसन्धान गरी वैज्ञानिक रुपमा प्रयोग गर्नुपर्ने पन्थीको भनाइ छ । पाल्पामा फलाम खानी, कोइला, चुनढुङ्गा खानी प्रशस्त रहे पनि त्यसको लाभ लिन सकेको छैन ।

तपाईको प्रतिक्रिया