आँधीहुरी प्रभावितलाई सहयोग

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आँधीहुरी प्रभावितलाई सहयोग

Share

नारीकोसिस डटकम/वैशाख २५, वीरगञ्ज । आँधी प्रभावित बाराको फेटा गाउँपालिका १ टोल भरवलीया कम्बल र भाँडा वितरण गरिएको छ ।

एआईपीपी थाइल्याण्डको सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुद्धनगर काठमाडौंले राहत वितरण गरेको हो ।

आँधी प्रभावित ४ सय परिवारलाई प्रतिपरिवार एउटा कम्बल र डेक्ची वितरण गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझीले जानकारी दिइन् ।

उनले हावाहुरीले घरबारबिहीन बनेका र आफन्त गुमाएकालाई सबैले सहानुभूति र सहयोग गर्नुपर्ने बताइन् ।

चैत १७ गते आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु भएको थियो भने १४ सय ५३ जनाको घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्याङक छ ।

तपाईको प्रतिक्रिया