फेसबुकमा राष्ट्रपति भण्डारी विरुद्ध जथाभावी लेख्ने प्रधानाध्यापक पक्राउ

नारीकोसिस डटकम/वैशाख २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति कार्यालयलाई लक्षित गर्दै समाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्ने एकजना प्रधानाध्यापक पक्राउ परेका छन् ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची–३ का ईश्वर कुमार चौलागाईं रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनले फेसबुकमा सम्मानित संस्थाविरुद्ध अपमानित हुने कुरा लेखेर पोष्ट गरेका थिए । त्यो पोष्टले साइबर अपराध भएको पाइएपछि समातेका हौं । लेखेको कुरा खोल्न मिल्दैन ।’’
पक्राउ परेका चौलागाईं शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिव समेत हुन ।
तपाईको प्रतिक्रिया