डडेल्धुराको एक विद्यालय भवनमा पुरुष मृत फेला

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
डडेल्धुराको एक विद्यालय भवनमा पुरुष मृत फेला

Share

नारीकोसिस डटकम/वैशाख २६, डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमूना माध्यमिक विद्यालयमा ३५ वर्षीय रनबहादुर दर्लामी मगर विद्यालयको दोस्रो तलामा बुधबार मृत अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय, जोगबुडाका प्रमुख प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेका अनुसार, मृतक मगर कैलाली चुरे गाउँपालिका–४, बण्डका बासिन्दा हुन्।

केही समयदेखि सोही विद्यालयमा मजदुरी गर्दै आइरहेका मगर मदिरा सेवनको कुलतमा फसेको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया