कांग्रेसको जागरण अभियान उद्घाटनमा कार्यकता कुटाकुट, एकजना घाइते

नारीकोसिस डटकम/वैशाख २६, सिन्धुपाल्चोक । नेपाली कांग्रेसको जागरण अभियान उद्घाटनको दिनमै झगडा भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकमा झगडा भएको हो ।
झडपमा परेर तरुण दलका १ कार्यकर्ता घाइतेसमेत भएको बताइएको छ । उद्घाटन सत्रको सुरुको मन्तव्य राखेका देउवामाथि पार्टीकै देउवाविपक्षी कार्यकर्ताहरुले एकलौटी पार्टी चलाएको आरोप लगाएका र त्यसपछि देउवापक्ष र विपक्षबीच विवाद भएको हो ।
सो क्रममा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग समेत मच्चिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया