मोर्चा राजपा नेपालमा तराई मुक्ति पार्टी विलय

नारीकोसिस डटकम/वैशाख २६, जनकपुर । भूमिगत गिरोह चलाउँदै आएका स्वामी बाबाको नेतृत्वको जनतान्त्रिक तराई मुक्ति टाइगर्स पार्टी राष्ट्रिय जनता पार्टी नेपालमा विलय भएको छ ।
केन्द्रिय अध्यक्ष रामलोचन ठाकुर उर्फ स्वामी बाबाको अगुवाईमा दर्जनौँ नेता तथा कार्यकर्ताहरु राजापा प्रवेश गरेका हुन् । उनीहरुलाई राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र प्रदेश २ का उद्योग, पर्यटन बन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले बिहीबार पार्टी प्रवेश गराएका हुन् ।
पूर्व सञ्चार मन्त्री समेत रहेका राजपा नेपालका अध्यक्ष मण्डल सदस्य यादवले मधेशी लगायत उत्पीडित समुदायहरुको हक अधिकारका लागि संघर्षरत रहेको जिकिर गर्दै नेपालमा उत्पीडितहरुका हक अधिकार राजपाले मात्र स्थापित गराउन सक्ने दावी गरे ।
तपाईको प्रतिक्रिया