श्रीमतीलाई जिउँदै जलाउने पक्राउ
नारीकोसिस डटकम/बैशाख २७, धनुषा । पेट्रोल छर्केर श्रीमतीलाई जलाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका–चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउजू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मुकेशले १९ वर्षीया श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
मुकेशले भाउजू श्यामादेवीसँग मिलेर निर्मलाको हत्या योजना बनाएको प्रहरीको दाबी छ । जलाइएकी निर्मलाको उपचारका लागि काठमाडौं पु¥याएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको थियो । यो समाचार हदिश खुद्दारले नयाँ पत्रिकामा लेखेका छन् ।
तपाईको प्रतिक्रिया