महानगरले ठेक्का नगरी थप दुई ब्रुमर किन्ने, २८४ स्मार्ट शौचालय पनि बनाउने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
महानगरले ठेक्का नगरी थप दुई ब्रुमर किन्ने, २८४ स्मार्ट शौचालय पनि बनाउने

Share

नारीकोसिस डटकम/वैशाख २७, काठमाडौं । काठमाडौं महानगरको ३२ औं कार्यपालिका बैठक ठेक्का नगरी सोझै ब्रुमर किन्ने निर्णय गरेको छ ।

यसअघि ल्याइएका ५ वटा इटालियन ब्रुमर आपूर्तिकर्तासँग सोझै खरिद गर्ने गरी दुई ब्रुमर किन्ने निर्णय भएको हो । जुन निर्णय सार्वजनिक खरिद ऐन विपरित छ ।

संघीय सार्वजनिक खरिद ऐनले विभागीय सचिवले कुनै पनि ठेक्काको सम्झौता रकममा २५ प्रतिशतसम्म थप रकमको भरियसन गर्न सक्ने प्रावधान छ । तर, काठमाडौं महानगरपालिकाले सो भन्दा बढी रकम खर्चिने गरी सोझौ खरिदको निर्णय गरेको हो ।

अब पुरानै ब्रुमरको मूल्यमा नयाँ दुई ब्रुमर काठमाडौं आउने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । यसअघि आपूर्तिकर्तासँग भएको सम्झौतामा नै थप दुई वटा ब्रुमर यही मूल्यमा किन्न सकिने गरी सम्झौता भएकाले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

यस्तै सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका काम अब प्रमुख बिद्यासुन्दर शाक्य आफैंले हेर्नेलगायत निर्णय पनि पनि भएको छ ।

समितिले अहिलेसम्म गरेका कामको बिषयमा जानकारी गराउँदै बैठकमा उपप्रमुख श्रेष्ठ खड्गीले महानगरभित्र २८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनमा देखिएको बताइन् । तर शौचालय चलाएर न्युनतम आवश्यकता पूरा गर्न, सबैको समान सहभागिता आवश्यक पर्नेछ ।

बैठकले फोहोर व्यवस्थापनका लागि बिक्री हुने कम्पोष्ट बिनमा ७० प्रतिशत अनुदान दिएर बिक्री गर्ने निर्णय पनि गरेको छ । मानव सेवा आश्रमलाई सडकमा रहेका असहायको व्यवस्थापनमा प्रयोग गर्ने गरी सवारी साधन खरिद गर्न सहयोग गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै अमेरिकाको कोलोराडो राज्यमा रहेको बोल्डर नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न सहमति दिएको छ ।

तपाईको प्रतिक्रिया