आँखाको कालो धब्बा हटाउने घरेलु विधि

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
आँखाको कालो धब्बा हटाउने घरेलु विधि

Share

आँखा मानिसको शरीरको प्रमुख अगं हो। यस्लाई सुन्दरता झल्काउन जो कसैलाई मनपर्छ ।त्यसैले मानिसहरु आँखा सुन्दरता झल्काउनमा केहि कमि गदैनन ।कतिपय मानिसहरुको आँखा वरिपरि कालो धब्बा देखिन्छ ।जसले गदा मानिसहरुको सुन्दरता कमि ल्याउदछ ।त्यसैकारण माानिसहरु चिन्तित देखिन्छन र मानिसहरु विभिन्न थरीका क्रिमहरु प्रयोग गर्ने गर्दछन । तर यस्तो समस्यालाई यी घरेलु विधि बाट कालो धब्बा हटाउन सकिन्छ ।

१.काक्रो
काक्रोमा छालालाई चम्काउने विशेषता हुन्छ । त्यसैले का्रकाकोे प्रयोग आँखाको उपयुक्त मानिन्छ । का्रकोलाई गोलो आकारमा काटेर केहि समय फ्रिजमा राख्नुहोस ।त्यसपछि झिकेर १५ देखि २० मिनेट आँखाको वरिपरि राखि सफा पानिले मुख धुनुहोस ।

२.टमटर
टमटर पनि अनुहारको सुन्दरताको लागि निकै उपयोगि मानिन्छ ।यस्को पेस्टमा कागतिको रस मिसाई आँखाको वरिपरि लगानुहोस सुकिसकेपछि सफा पानीले धुनुहोस।
३.गुलाव जल
गुलावजलले सामान्यतया अनुहारको फोहोर निकाल्न सहयोग पुर्याउछ ।यसमा कपास भिजाएर गोलो आकारको सेभ बनाई आँखा वरिपरि १० देखि १५ मिनट राख्नुहोस ।त्यसपछि सफा पानीले धुनुहोस ।
४.पुदिना
पुदिनाको पातलाई लेदो बनाई कालो धब्बा भएको ठाँउमा लगाएर
आँखा वरिपरि १० देखि १५ मिनट राख्नुहोस ।त्यसपछि सफा पानीले धुनुहोस ।
५.आलु
आलुको बोक्रा ताछी गोलो सेयमा काटेर त्यसलाई कालो धब्बा भएको ठाँउमा
आँखा वरिपरि १० देखि १५ मिनट राख्नुहोस ।त्यसपछि सफा पानीले धुनुहोस । तपालले निकै धेरै परिवर्तन पाउनु हुन्छ ।

तपाईको प्रतिक्रिया