मस्कराको प्रयोग गर्दा ध्यान पु¥याउनु पर्ने कुराहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मस्कराको प्रयोग गर्दा ध्यान पु¥याउनु पर्ने कुराहरु

Share

नारीकोसिस डटकम/केही महिलाहरुलाई मेकअपको आधारभूत ज्ञान नहुन पनि सक्छ । मेकअपको बारेमा चासो नलिने पनि हुन्छन् । जो सौन्दर्य प्रशाधनबारे बेखबर हुन्छन् । अधिकांश महिलालाई मेकअपबारे जानकारी हुन्छ, सौन्दर्य प्रसाधनबारे थाहा हुन्छ ।

तर, धेरैलाई थाहा हुँदैन, कस्तो सौन्दर्य प्रशाधन बढी उपयोगी र प्रभावकारी हुन्छ र कसरी गरिने मेकअप दीगो र आकर्षक हुन्छ भनेर ।

महिलाहरुले प्रयोग गर्ने विभिन्न मेकअप मध्य मस्कारा पनि एक हो । मस्काराले आँखालाई सही आकार दिएर ठूलो देखाउनुका साथै आँखालाई सुन्दरता कयौं गुणा बढाउँछ ।

मस्कार भलै सामान्य लाग्न सक्छ । तर, यस्ता सामान्य कुराले पनि हाम्रो समग्र सौन्दर्यलाई प्रभावित बनाइरहेको हुन्छ ।

त्यसैले मस्कारा लगाउन पूर्ण मस्काराबारे यी कुराबारे ज्ञान हुनु जरुरी छ ।

१.मस्कारा खरिद गर्दा आफ्नो आवश्यकता अनुसार व्रशको छनौट गर्नुपर्छ । किनकी मस्कारामा दुई तरीकाको ब्रश हुन्छ, एकले फूल भोल्यूम इफेक्ट अर्थात परेलालाई बाक्लो देखाउँछ भने अर्को हाई डेफिनिशन ल्यासेजले परेलालाई आकर्षक देखाउँछ ।

१.मस्कारा खरिद गर्दा बाक्लो छ कि, सुख्खा छ कि भनेर ख्याल गर्न जरुरी छ ।

२.मस्कारा खरीद गर्दा ब्रशलाई खोलेर भित्र बाहिर गर्नुहुन्न । अन्यथा, ब्रशमा हावा भरिएर मस्कारा विग्रन सक्छ ।

३.दैनिक प्रयोगका लागि वाटर प्रुफ मस्कारा खरीद गर्नुहुँदैन ।

४.परेला बाक्लो भएमा क्लियर वा ट्रान्सप्यारेन्ट मस्कारा लगाउनु पर्छ । किनकी परेला बाक्लो भएमा अझै त्यसलाई बाक्लो बनाउनु पर्दैन । सेप मात्र दिए पुग्छ ।

५.कन्ट्याक्ट लेन्सको प्रयोग गर्नेहरुले मस्कारा लगाउनु पूर्व नै लेन्सको प्रयोग गर्नु उचित हुन्छ ।

६.मस्कारा लगाउँदा जरादेखि नै मिलाएर लगाउनु पर्छ ताकी परेला लामो देखियोस् ।

७.मस्कारा लगाउँदा दाँया बायाँ फैलिएमा सुखेपछि मात्र पुछ्नु पर्छ । नसुकिकन पुछ्यो भने मेकअप खराब हुन्छ ।

८.मस्कारा लगाउँदा जहिले वपन माथि फर्काएर मात्र लगाउनु पर्छ ।

९. मस्कारा जमेमा वा गाढा भएमा त्यसलाई पातलो बनाउन पानीको प्रयोग गर्नुहुँदैन ।

१०.आँखामा कुनै प्रकारको एलर्जी भएमा पनि मस्कारा लगाउनु हुँदैन ।

११.आँखा सानो भएमा कालो आइलाइनर वा मस्कारा लगाउनु हुँदैन । अन्यथा, आँखा अझै सानो देखिन्छ । त्यसैले यस्ता आँखामा जहिले पनि व्लु सेडको मस्कारा प्रयोग गर्नु पर्दछ ।

१२.आँखामा डार्क सर्कल भएमा आँखाको तल्लो परेलामा मस्कारा लगाउनु हुँदैन ।

१३.छालाको रङ्ग गोरो भएमा कालो मस्काराको सट्टा डार्क ब्राउन मस्कारा लगाउनु राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया