स्वास्थ्य चौकीले गर्भवतीलाई सात प्याकेट आयोडिन नुन वितरण

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
स्वास्थ्य चौकीले गर्भवतीलाई सात प्याकेट आयोडिन नुन वितरण

Share

नारीकोसिस डटकम/वैशाख २७, लम्की । कैलालीको टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्य चौकीले गर्भ जाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ ।

स्वास्थ्य चौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य संस्थामा नियमित गर्भजाँचमा आकर्षित गर्न विगत वर्षदेखि गर्भवती महिलालाई यसरी आयोडिनयुक्त नुन वितरण भइरहेको स्वास्थ्यचौकी प्रमुख हिमाल सारुमगरले बताए ।

चार पटक नियमित गर्भजाँच गर्न आउँदा प्रत्येक पटक एक प्याकेट नुन र तीन प्याकेट सुत्केरी भएपछि दिने गरेका छौँ,ु स्वास्थ्यचौकी प्रमुख मगरले भने, ुनुन वितरण गर्न थालेपछि गर्भजाँच गर्नेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको छ।ु

गत आर्थिक वर्षमा स्वास्थ्यचौकीमा ८४ ले सुत्केरी सेवा लिएका थिए। यस वर्ष नियमित गर्भजाँच गराउँदै सुत्केरी सेवा लिनेको सङ्ख्या चैतको अन्त्यसम्म ९७ पुगेको छ।

११ सय घरधुरी रहेको वडा नं ६ मा ७० प्रतिशत जनजातिको बस्ती छ । स्वास्थ्यचौकीले बालबालिकाको शीघ्र कुपोषण व्यवस्थापनका लागि पौष्टिक आहारसमेत उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया