सरकारले विगत पाँच महिनादेखि रोक्यो क्यान्सर रोगीको आर्थिक सहायता

नारीकोसिस डटकम/वैशाख २९, काठमाडौं । सरकारले विगत पाँच महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता रोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँइदै आएको १ लाख आर्थिक सहायता रोक्का गर्नु परेको बताएकी हुन्।
बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि स्थगित गरिएको पनि सचिव चौंधरीले स्पष्ट पारिन् ।
सचिव चौंधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको पनि बताइन।
तपाईको प्रतिक्रिया