हारुकी मुराकामीका प्रेरक भनाइहरु

हारुकी मुराकामी जापानी उपन्यासकारका साथै भाषा अनुवादक पनि हुन् । उनका कृतिहरु जापानमा मात्रै नभई संसारमै प्रख्यात छन् । द गार्जियनले हारुकी मुराकामीलाई संसारमा जीवित उपन्यासकारहरुलाई मध्ये महान उपन्यासकारको उपमा दिएको थियो । उनले लेखेका उपन्यासहरु पचास भन्दा बढी भाषामा अनुवादित छन् । उनको जन्म सन् १९९४ जनवरी १२ मा भएको हो ।
हारुकी मुराकामीका प्रेरक भनाइहरु :
दु : ख अपरिहार्य हो । तर पीडित बनेर बस्नु विकल्प हो ।
म सपना देख्छु । मलाई लाग्छ, मैले गर्ने सबै भन्दा राम्रो काम भनेको त्यही हो ।
आफूलाई बिचरा ठानेर नबस । बेकम्माहरुले मात्र आफूलाई बिचरा ठानेर बस्छन् ।
पैसाले किन्न सकिने कुराहरुमा पैसा खर्च गर । पैसाले किन्न नसकिने कुराहरुमा समय खर्च नगर ।
अरुले जुन पुस्तक पढ्छन्, त्यही पुस्तक मात्र पढ्यौ भने अरुले जे सोच्छन् त्यही मात्र सोच्न सक्छौं ।
जीवन पानी जस्तो होइन । जीवनका परिस्थितिहरु एकै लयमा बग्दैनन् ।
तिमीले जे खोजिरहेका छौं, त्यो तिमीले चाहेकै रुपमा तिमी समक्ष आउँदैन ।
सबै भन्दा महत्वपुर्ण कुराहरु हामीले स्कुलमा सिक्दैनौं, जीवनका अनुभावहरुमा सिक्छौं ।
त्यस्तो कुनै युद्ध हुँदैन, जसले अरु सबै युद्धको अन्त्य गरोस् ।
मृत्यु जिन्दगीको विकल्प होइन, जिन्दगीको हिस्सा हो ।
तपाईको प्रतिक्रिया