आँधी पीडितका लागि प्रदेश १ ले दियो एक करोड सहयोग

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आँधी पीडितका लागि प्रदेश १ ले दियो एक करोड सहयोग

Share

नारीकोसिस डटकम/वैशाख ३०, जनकपुरधाम । गत चैत महिनामा बारा र पर्सामा आएको विनाशकारी आँधी पीडितका लागि प्रदेश १ सरकारले एक करोड सहयोग उपलब्ध गराएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफैं सोमबार प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम आएर उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरे ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ प्रति आभार प्रकट गरे । उनले मुलुक संघीयतामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया