वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्षमा ,राष्ट्रपतिबाट शुभकामना
नारीकोसिस डटकम/वैशाख ३०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्षको उमेर पुगेको उपलक्ष्यमा उनलाई शुभकामना दिएकी छिन् ।
राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक सय वर्ष प्रवेश गर्नुभएका उपलक्ष्यमा राष्ट्रपतिले उहाँको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दैे खुशी व्यक्त गरी अभिनन्दनपत्र हस्तान्तरण गरे ।
राष्ट्रपतिले पठाएको सगुन र दोसल्ला पनि जोशीले ग्रहण गरे । जोशीले आफूले जीवनमा यस्तो सौभाग्य कहिल्यै पाउँछु होला भनेर नसोचेको बताए । मलाई थप बाँच्ने ऊर्जा बढेको छ जोशीले भने, आज म अन्य दिनभन्दा निकै खुशी भएको छु ।’
तपाईको प्रतिक्रिया