विकास बजेट खर्च गर्ने स्थानीय तहलाई पुरस्कार : योगेश भट्टराई

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विकास बजेट खर्च गर्ने स्थानीय तहलाई पुरस्कार : योगेश भट्टराई

Share

नारीकोसिस डटकम/वैशाख ३०, काठमाडौं । नेकपा सांसद योगेश भट्टराईले आगामी बजेटमा विकास बजेट खर्च गर्ने स्थानीय तहलाई पुरस्कारको व्यवस्था गर्न सुझाव दिएका छन् ।

संसदमा भएको प्रि(बजेट) छलफलमा भाग लिँदै भट्टराईले पूँजीगत खर्च ९० प्रतिशत कार्यान्वयन गर्ने गाउँपालिकालाई १५ र नगरपालिकालाई २० करोड अनुदान संघीय सरकारले दिनुपर्ने बताए ।

यसो भएमा गाउँपालिका र नगरपालिकामा प्रतिस्पर्धा हुन्छ र विकास बजेट खर्च हुन्छ उनले भनेका छन् ।

भट्टराईले स्थानीय तहलाई दिइने अनुदान दोब्बर गर्न पनि अर्थमन्त्रीलाई सुझाएका छन् ।

तपाईको प्रतिक्रिया