श्रीलंकामा मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि रातिमा देशभर कर्फ्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
श्रीलंकामा मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि रातिमा देशभर कर्फ्यु

Share

नारीकोसिस डटकम/वैशाख ३१, काठमाडौं । श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै हिंसात्मक घटना बढेर गएका छन् ।

मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु लगाइएको छ ।

धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको छ । धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार गरिएको छ ।

श्रीलंकामा इस्टर सन्डेको बेला चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएको थियो । यो आत्मघाती हमलाबाट २५० भन्दा बढीको मृत्यु भएको थियो । यो घटनापछि श्रीलंकामा तनावको वातावरण कायमै छ ।

तपाईको प्रतिक्रिया