गोठाटारमा ४ लाख ५० हजार लिटर बराबरको पानी ट्याङ्की निर्माण हुँदै (हेर्नुहोस् भिडियोसहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गोठाटारमा ४ लाख ५० हजार लिटर बराबरको पानी ट्याङ्की निर्माण हुँदै  (हेर्नुहोस् भिडियोसहित)

Share

नारीकोसिस डटकम/सुनिता तामाङ/रमिला तामाङ/बैशाख ३१, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ गोठाटारमा ‘काँडाँघारी खानेपानी आयोजना’ निर्माण हुँदैछ ।  नगरस्तरीय यो आयोजना गत सालको असोजबाट निर्माण कार्य सुरु भएको हो । नगरपालिकाले स्थानीय जनताको सेवा सुविधा तथा शहरी क्षेत्रमा वढ्दो खानेपानी समस्यालाई लक्षित गरी सो खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।

९० फिट उचाइमा बन्न लागेको यस खानेपानी आयोजना ट्याङ्कीमा ४ लाख ५ हजार लिटर पानी संकलन क्षमता भएको सोही नगरपालिकाका वडाअध्यक्ष कुन्दन खड्काले बताउनुभयो ।

यो आयोजना सम्पन्न भएपश्चात करिव ५० हजार स्थानीय जनता लाभान्वित हुनेछन् ।

स्थानीय जनताले विगत वर्षौदेखि भोग्दै आएको खानेपानी समस्यालाई यस खानेपानी आयोजनाले केही हदसम्म समाधान हुनेमा सम्बन्धित निकायले अपेक्षा गरिएको छ । आफ्नो वडामा खानेपानी संकलन ट्याङ्की निमार्ण भइरहदा केही हदसम्म खानेपानी समस्या तथा सहज रुपमा पानी उपभोग गर्न पाउनेमा स्थानीय जनता पनि हर्षित छन् ।

वडा अध्यक्ष खड्का अनुसार  यो आयोजन डेटवर्षभित्र सम्पन्न गरिसक्नुपर्ने भनिएता पनि केही प्राविधिका समस्याका कारण समय थप गरी करिव तिन वर्षपश्चात स्थानीय जनताले सेवा उपभोग गर्न पाउने छन् ।

डिपवोरिङ्गको माध्यमबाट पानी संकलन गरी एक घर एक धारा जडान गरी पानी वितरण गरिने र मिटरको आधारमा उपभोक्तहरुले शुल्क तिर्नुपर्ने छ ।

सम्बन्धित निकायले निर्माणकार्यलाई छिटो पूर्णता दिई निरन्तर स्वच्छ-सफा, गुणस्तर पानीको सेवा दिन सकेमा दिनप्रतिदिन बढिरहेको खानेपानी समस्या तथा भविष्यमा आउन सक्ने समस्यालाईन्युनिकारण गर्न यस खानेपानी आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

भिडियो:

 

तपाईको प्रतिक्रिया