सातु खानुको फाइदा

गर्मी याम सुरु भएसँगै सातुको नियमित सेवनले अनेक स्वास्थ्य फाइदा हुने गर्छ । तपाईले सातु खानु भएको छैन भने तपाईलाई सातु खानुका फाइदाबारे थाहा नहुन सक्छ । प्रायः मानिसहरु गर्मी मौसममा सातु खाने गर्छन् ।
तर राजधानीमा सातु खाने मानिसहरु कमै भेटिन्छन् । तराई क्षेत्र वा सीमान्तकृत क्षेत्रमा बसोबास गर्ने मानिसहरु बढि मात्रामा सातु खाने गरेको पाइन्छ ।
सातु स्वादका लागि मात्र प्रसिद्ध छैन स्वास्थ्यको हिसाबले पनि सातुको सेवनले स्वास्थ्यमा निकै फाइदा गर्छ । सातुमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ र गर्मीमा शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्छ । फाइदाहरु निम्न छन्
१.गर्मीमा लु लाग्ने समस्याहरु धेरै नै सुनिन्छ । तर सातुको सेवनले शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्दछ । जसले गर्दा लु लाग्ने समस्या हुँदैन ।
२.कतिपय मानिसहरुलाई पटक पटक भोक लाग्ने हुन्छ । लामो समयसम्म भोकै बस्न सकिरहेका हुँदैनन् । उनीहरुका लागि सातुको प्रयोग फाइदाजनक हुनसक्छ । समयसम्म भोकको अनुभुति हुँदैन ।
३.सातु प्रोटिनको लागि राम्रो श्रोतको रुपमा चिनिन्छ । सातुले पेटमा हुने समस्यालाई ठिक गर्नुका साथै लिभरलाई पनि बलियो बनाउँछ । खानेकुरालाई सजिलैसँग पचाउँछ जसले गर्दा कब्जियतबाट पनि छुट्कारा पाउन सकिन्छ ।
४.जौं र चनाले बनाएको सातु डाइबिटीजका लागि लाभदायक मानिन्छ । डाइबिटीजका बिरामीहरुलाई नियमितरुपमा सातुको सेवनले धेरै फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् ।
५.सातुको सेवनले शरीरमा छिट्टै उर्जा दिन्छ । शरीरलाई कमजोर हुन दिदैन ।
५.नियमित रुपमा सातु सेवन गर्नाले पाचनप्रक्रिया सहि तरिकाले काम गर्छ र मोटोपन समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
६.उच्च रक्तचापका बिरामीहरुका लागि पनि सातुको सेवन अमुक उपाय हो । सातुमा कागतिको थोरै रस, नुन, पानी र जीरा मिश्रण गरेर सेवन गर्नुपर्छ । (एजेन्सी)
तपाईको प्रतिक्रिया