जाजरकोटबाट विप्लवका कार्यकर्ता पक्राउ

नारीकोसिस/डटकम जेठ १, जाजरकोट । जाजरकोट छेडागाड नगरपालिका–१२, कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।
छेडागाडका इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो ।
पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पु¥याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया