वैदेशिक रोजगार विभागले अन्तिम पटक थप्यो समय

नारीकोसिस/डटकम जेठ १, काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजत प्राप्त मेनपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक समय थप गरेको छ ।
विभागले इजाजत प्राप्त मेनपावर कम्पनीलाई यही वैशाख २३ देखि २९ गतेसम्म आफ्नो कम्पनीको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको थियो ।
तोकिएको समयावधिभित्र विवरण अद्यावधिक गर्न नसकेका मेनवापर कम्पनीको आग्रहमा विभागले पुनःम्याद थप गरेको हो ।
विभागका प्रवक्ता भोलानाथ गुरागाईले विवरण अद्यावधिक गर्न छुटेका मेनपावर कम्पनीले आगामी जेठ ३ गतेसम्म विवरण भर्न सक्ने जानकारी दिनुभयो ।
विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरेको छ । ८० भन्दा बढी मेनपावर कम्पनीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आफ्नो विवरण अद्यावधिक नगरेको विभागले जनाएको छ ।
तपाईको प्रतिक्रिया