नगरप्रमुख कृष्णहरी थापाद्वारा काँडाघारी सेवा समाजको भवन समुद्घाटन

नारीकोसिस डटकम/जेठ २, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर -९, अन्तरगतका काँडाघारी टोल सेवा समाजले आफ्नो १५ औं तिथिउत्सवको अवसर पारि सामुदायिक भवनको समुद्घाटन गरिएको छ । विभिन्न दातृनिकायहरुको सहयोगमा बनेको उक्त भवनको बिहिवार काँडाघारीमा एक औपचारीक कार्यक्रम आयोजना गरी भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाले गर्नुभएको हो ।
देशमा बढ्दो शहरीकरण र जनघनत्वको विस्तार सँगै काँडाघारी क्षेत्रमा पनि तिब्र बस्ति विकासले गर्दा बढ्दै गएको आवश्यकताहरु जस्तै ढल, खानेपानी, सरसफाई, मठमन्दिरहरुको संरक्षण समवद्र्धन र अन्य सामाजिक, आर्थिक भौतिक समस्याहरुको निराकरणमा अगुवाई गर्ने उद्देश्यले सो सेवा समाज वि.स. २०६२ साल जेठ २ गते स्थापना भएको हो ।
कार्यक्रममा सेवा समाजका सम्पूर्णलाई धन्यवाद दिदै नगरप्रमुख थापाले सेवा समाजले गरेको कार्य प्रशासनिय रहेको बताउनुभएको छ । साथै वडा नम्वर नौ बढ्दो शहरीकरणमा अगाडि रहेकोले यस्तै टोलसुधार समितिहरुले आफनो टोलहरु विकास गर्ने हो भने विकास निमार्ण कार्यले गति लिनेमा विश्वास व्यक्त गर्नुभयो ।
सेवा समाजका अध्यक्ष डोलनाथ पोखरेलले विगतस्थापनाकालदेखि नै यस सेवा समाजले सामाजकि कार्य गर्दै आइरहको बताउदै निरन्तर समाज सेवामा अघि वढिरहेको बताउनुभयो । अध्यक्ष पेखरेलले आफनो संस्थाले सडक ढल व्यवस्थापन, मठमन्दिर, सार्वजनिक स्थलहरुको संरक्षण, क्रियापुत्री भवन निर्माण, सडक वत्ति र प्रहरी चौकी स्थापना तथा प्रहरी प्रभाग भवन निमार्ण कार्यमा सक्रिय भई कार्य गरेको बताउनुभयो । उहाँका अनुसार सेवा समाजले सामाजकि सचेतनामूलक कार्यहरुमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
यसै गरी सेवा समाजका सचिव केशवराज आचार्यले यस टोल सेवा समाजभित्रका व्यक्तित्वहरुविच एकअर्कामा सहकार्य र सद्भावले गर्दा आज भवनलाई आमरुपमा ल्याउन सफल भएको सार्वजनिक निजलाई संक्षण गरी यसबाट बढिभन्दा बढि लाभ लिन सम्पूर्ण टोलवासीहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य कला घिमिरे,वडा सदस्य रामहरी गोतामे, काँडाघारी महानगरिय प्रहरी प्रभागका प्रमुख शुधिर राई, विभिन्न संघ संस्थाका व्यक्तित्वहरु लगायत गोठाटार वडा नम्वर -९ ,का सम्पूर्ण टोल सुधार समितिका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित थिए ।
तपाईको प्रतिक्रिया