कागेश्वरी नगरपालिकाद्वारा अपांगता परिचय पत्र वितरण सुरु

नारीकोसिस डटकम/जेठ २, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण कार्यक्रम सुरु गरेको छ । बुधबार कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा एक औपचारिक कार्यक्रम आयोजना गरी अपांगता परिचय पत्र वितरण सुरु गरिएको हो। कागेश्वरी मनोहरा नगरपालिकाले अपांगताका स्थिति हेरेर क ख ग र घ वर्ग गरी ४ किसिमको अपागता भएकाहरुलाई परिचय पत्र वितरण सुरु गरेको हो ।
नगरपालिकाले अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ अनुसार अपांगहरुलाई परिचय पत्र वितरण सुरु गरिएको हो ।
कागेश्वरी मनोहरा नगरपालिकाले उपप्रमुख बिन्दु पुडासैनी सिंखडाको अध्यक्षतामा बसेको अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिको बठैकको निर्णय पछि उनिहरुलाई परिचय पत्र वितरण गरिएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि तथा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा, नगर उप प्रमुख बिन्दु पुडासैनी सिंखडा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुबेदी नगर प्रवक्ता एबम कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, सल्लाहकार भरत फुयाल, नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइराला, अपांगता परिचय पत्र वितरण नगर समन्वय समितिका सदस्यहरु ,नगरपालिकाका कर्मचारी लगायत फरक क्षमता भएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया