आज २६ औं मदन आश्रित स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइँदै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आज २६ औं मदन आश्रित स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइँदै

Share

नारीकोसिस/डटकम जेठ ३, काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाईदैछ ।

भण्डारी र आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो ।

विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकृत भएर निर्माण भएको पार्टी नेकपामा मदनले अघि सारेको जबजबारे बहस छ ।

तपाईको प्रतिक्रिया