आज मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट १० नर्स पक्राउ
नारीकोसिस/डटकम जेठ ३, काठमाडौं । मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आज १० जना नर्स पक्राउ परेका छन् ।
वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचार केन्द्रमा शान्तिपुर्ण धर्नाको तयारीमा गर्दा पक्राउ परेका हुन् ।
लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको हो ।
यस्तै नर्सहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै गएको शुक्रबार देखि सिनियर नर्स जीता बराल र अस्पतालमा कार्यरत नर्स डिकी शेर्पाले अमरण अनसन सुरु गरेका थिए ।
अनसन सुरु गरेको आज एक साता बितिसक्दा पनि नर्सहरुको माग सम्बोधनको लागि सम्बन्धीत निकायले चासो दिएको छैन । हाल दुबै अनसनरत नर्सहरुको मुटुको चाल गढबडी, रक्तचाप कमी, श्वासप्रश्वासमा समस्या र संक्रमणको जोखिम उच्च रहेको चिकित्सकहरुले जनाएका छन् ।
तपाईको प्रतिक्रिया