प्रधानमन्त्रीको इच्छा अनुसार बुटिक एयरपोर्ट बनाउन २३ करोड खर्च गरिने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रधानमन्त्रीको इच्छा अनुसार बुटिक एयरपोर्ट बनाउन २३ करोड खर्च गरिने

Share

नारीकोसिस/डटकम जेठ, ३ काठमाडौं । सरकारले त्रिभुवन विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ बनाउनको लागि २३ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छामा देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिक सजावटमा रुपान्तरण गर्न लागिएको हो ।

यो कामका लागि अर्थ मन्त्रालयबाट हालै २३ करोड रुपैयाँ खर्चको अख्तियारी पाएसँगै धमाधम काम भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

मौलिक पेन्टिङले भित्ता सजाउने, व्यापारिक होर्डिङ बोर्डको स्थानमा नेपाली कला–कौशल झल्कने मूर्ति तथा सजावटका सामान राख्ने काम पनि भइरहेको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए । विमानस्थलमा यात्रु छाड्न आउनेबाहेक अहिले अन्य सवारीसाधनलाई विमानस्थलको अगाडी जान रोकिएको छ ।

विमानस्थलको अग्रभागमा आकर्षक बगैंचा र फाउन्टेनले सजाउने तयारी पनि छ । विमानस्थलको बाहिरी संरचना मौलिक शैलीमा निर्माण भइरहेको छ । अब भित्री संरचनालाई पनि मौलिक शैलीमा निर्माण गरी संसारका अन्य विमानस्थलभन्दा पृथक बनाउने योजना सरकारको छ ।

तपाईको प्रतिक्रिया