विप्लव समूहका एक कार्यकर्ता पक्राउ

नारीकोसिस डटकम/जेठ ५, डोटी । विप्लव समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् ।
जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आज पुर्याएको छ । थापासँग शुरुमा बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीका विषयमा सोधपुछ गरिने प्रहरीले जनाएको छ ।
उक्त कार्यालयमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा वैशाख २३ गते राति अज्ञात समूहले आगजनी गरेको थियो ।
तपाईको प्रतिक्रिया