पाँचथरमा २ परिवारका ९ जनाको हत्या

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पाँचथरमा २ परिवारका ९ जनाको हत्या

Share

नारीकोसिस डटकम/जेठ ७, पाँचथर । पाँचथरमा २ परिवारको ९ जनाको हत्या भएको छ । एक बालिका घाइते भएकी छिन् ।

मिक्लाजुङ गाउँपालिका ३ को आरुबोटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँच थरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिनुभएको छ ।

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।

शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर २ किलोमिटर वरपर छ ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । प्रहरीका अनुसार, उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मध्यराति घटना भए पनि स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ । आरुबोटे विकट र त्यहाँ जाने बाटो कच्ची भएकाले घटनास्थल पुग्न केही समय लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया