सामूहिक हत्याको अनुसन्धान गर्न सीआईबीको टोली हिँड्यो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सामूहिक हत्याको अनुसन्धान गर्न सीआईबीको टोली हिँड्यो

Share

नारीकोसिस डटकम/जेठ ७, पाँचथर । पाँचथरको मिक्लाजुङ ३, आरुबोटेको सामूहिक हत्याको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले गर्ने भएको छ ।

हत्या प्रकरण रहस्मय बनिरहेका बेला प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाशंकर चतुर्वेदीको नेतृत्वमा अनुसन्धान गर्न लागेको हो ।

पाँचथर घटनाबारे अनुसन्धान गर्ने जिम्मा पाएका चतुर्वेदी टोली लिएर घटनास्थल तर्फ लागेको प्रहरी स्रोतले जनाएको छ ।
घटनामा १ किशोरीले भने भागेर ज्यान जोगाएकी छन् ।

तपाईको प्रतिक्रिया