सीके राउतले दल दर्ता प्रमाणपत्र पाए

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सीके राउतले दल दर्ता प्रमाणपत्र पाए

Share

नारीकोसिस डटकम/जेठ ८, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले उक्त पार्टीलाई दर्ता गर्ने निर्णय जेठ ६ गते गरेको हो ।

आयोगले राउतलाई दल दर्ता प्रमाणपत्र पनि दिएको छ । उनको पार्टीको दर्ता नम्बर १५० रहेको छ । सीके राउतको पार्टीको कार्यालय भक्तपुरको सूर्यविनायक उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया