आगलागी हुँदा एकै घरका तीन जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आगलागी हुँदा एकै घरका तीन जनाको मृत्यु

Share

नारीकोसिस डटकम/जेठ ९, आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ ।

बुधबार राति घरमा आगलागी हुँदा पुरचौडी नगरपालिका –५ कुवाकोटको पुरचौडी नजिकै बसपार्क टहरामा बस्दै आएका एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती बिन्द्रा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राति १० बजेतिर आगो बाल्ने चुलो नजिकै सुतिरहेका उनीहरुको आगो सल्केर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया