गोठाटारमा यसरी हुँदैछ सडक विकास निर्माण कार्य………………. (हेर्नुहोस् भिडियोसहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गोठाटारमा यसरी हुँदैछ सडक विकास निर्माण कार्य………………. (हेर्नुहोस् भिडियोसहित)

Share

नारीकोसिस/डटकम जेठ ९, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ गोठाटारका विभिन्न मुख्य सडक खण्ड तथा भित्री सडकहरु मर्मत तथा पुन निमार्ण कार्य भईरहेको छ । खहरे चोक मानटार हुँदै तेजविनायक जाने र खहरे देखि गान्धिमोड विरेन्द्रचोक हुँदै फोर्सपार्क जाने मुख्य सडक खण्ड मर्मत तथा पुन निर्माण कार्य भईरहेको हो । यी मुख्य सडक खण्डहरुमा भत्किएको वाल, कालोपत्रे गर्ने ग्रावेल गर्ने तथा सडक मर्मत कार्य अघि वढिरहेको छ । त्यसो त यी सडक खण्डहरुमा नियमित गुड्ने नेपाल यातायात फोर्स तथा मिनीवस लगायत अन्य गाडिहरुले अन्य भित्री शाखा बाटो प्रयोग गरिरहेका छन् ।

जस्तै नियमित बाबाचोक, तेजविनायक, मानटार, हात्ति डाँडा, खहरे निस्कने नेपाल यातायात हाल मानटारचोक हुँदै अन्तराष्ट्रिय त्रिभुवन विमान स्थलको पछाडि रहेको सडकखण्ड हुँदै खहरे निस्किन्छ भने फोर्सपार्कदेखि, विरेन्द्रचोक, मेडिकलचोक, हुँदै खहरे निस्कने फोर्स तथा मिनिवस हाल , काँडघारी सनसिटिचोक हुँदै खहरे निस्किन्छ । यी मुख्य सडक खण्डहरुमा मर्मत तथा पूननिमार्ण कार्य भईरहदा स्थानीयवासी, स्थानीय व्यवसायी, पैदलयात्रु लगायत नियमित रुपमा सार्वजनिक गाडि यात्रा गर्ने लगायत अन्य  यात्रुहरुमा केही प्रभाव परिरहेको भएता पनि विगतको तुलनामा हाल जनप्रतिनिधि चुनिएर आएपश्चात विकास निर्माण कार्यले गति लिएको र यी विकास निर्माणकार्यप्रति स्थानीय जनता  सकारात्मक देखिन्छन् ।

खहरे मानटारचोक हुँदै तेजविनायक जाने सडकखण्ड हाँत्तिडाँडाको उकालोमा वाल लगाउने कार्य केही समयदेखि निमार्णकार्य सुरु गरिएको थियो । सो निर्माण कार्य सुरु गरिएको केही दिनबाट नै मर्मत कार्य रोकिएको छ । निर्माण कार्य रोकिएकोमा बाटो जस्तो महत्वपूर्ण निर्माण कार्य ढिला सुस्ति नगरी कामलाई छिटो पूर्णता दियोस् भन्ने स्थानीय जनताको आग्रह छ ।

सो निर्माण कार्य केही प्राविधिक समस्याका कारणले गर्दा केही समयको लागि रोकिएको र प्राविधिक समस्या हल भएपश्चात कामलाई छिट्टै गति दिने सोही वडाका वडा अध्यक्ष कुन्दन खड्का बताउन्हुन्छ ।

भित्री सडक खण्डहरुमा वडाकार्यलय हुँदै विरन्द्रचोक जाने सडक, मानटार हुँदै वागमति पुल जाने सडकहरु लगायत अन्य विभिन्न शाखा सडकहरु निर्माणकार्य जारी छ।

समग्रमा यस वडा नम्वर ९ अन्तरगतका जारी रहेको सडक निर्माण कार्य सम्बन्धित निकायले समयअवधिभित्र सम्पन्न गरेमा स्थानीय जनताले भोगरिहेको समस्याहरु समाधान भएसँगै स्वच्छ,सफा हराभरा, बनाऔँ कागेश्वरी मनोहरा भन्ने  नारा सहितको नगरपालिकाको अभियान छ त्यो अभियान सफल हुने देखिन्छ ।

 भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया