वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै

Share

नारीकोसिस डटकम/जेठ १०, काठमाडौं । नेपालका लागि नेपाली अभियानले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।

नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा. सुरेन्द्र भण्डारीले बताए ।

अभियानका सदस्य डा. ठाकुरमोहन श्रेष्ठले वाइडबडी भ्रष्टाचार काण्डमा आफूहरुले सत्यतथ्य बाहिर ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै विशेषज्ञहरुको सहयोगबाट प्रतिवेदन सार्वजनिक गरिने बताए ।

नेपालका लागि नेपाली अभियानका बालकृष्ण न्यौपानेले उक्त प्रकरणबारे जनतालाई सत्यतथ्य कुरा पत्ता लगाई थाहा दिलाउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया