ओखलढुंगामा सिद्धिचरणको १०८औं जन्मजयन्तीमा स्रष्टा पुरस्कृत

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
ओखलढुंगामा सिद्धिचरणको १०८औं जन्मजयन्तीमा स्रष्टा पुरस्कृत

Share

नारीकोसिस डटकम जेठ/१०, ओखलढुंगा । युगकवि सिद्धिचरण श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा ओखलढुंगामा तीन जना साहित्यकार तथा लेखक पुरस्कृत भएका छन्।

सदरमुकाम ओखलढुंगामा सिद्धिचरणको पूर्ण कदको सालिक तथा स्रष्टापार्क उद्घाटन कार्यक्रमको अवसरमा सिद्धिचरणको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको हो।

सिद्धिचरण प्रतिष्ठानद्धारा स्थापित सिद्धिचरण साहित्य पुरस्कार साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ। गौतमले नगद एक लाखसहित कदरपत्र प्राप्त गरेका छन्। डा सुवर्ण शाक्यलाई ‘सिद्धिचरण शताब्दी सम्मान’ प्रदान गरिएको छ। उनले नगद ५० हजारसहित सम्मानपत्र पाएका छन् ।

पाँच दशकभन्दा लामो पत्रकारिता गरेका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष होमनाथ दाहाल नगद ४० हजारसहित सिद्धिचरण पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। ‘सिद्धिचरण श्रेष्ठको फुटकर कवितामा स्वच्छन्दतावाद’ विषयमा विद्यावारिधि गरेका साहित्यकार सहप्राध्यापक फणिन्द्रराज निरौलालाई नगद १० हजारसहित सम्मान गरिएको छ ।

सम्मान तथा पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया