गौतम बुद्धका १० प्रेरक भनाई

१. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।
२.उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।
३.त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ
४. वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर
५. हाम्रो मस्तिष्क नै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
६. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
७. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
८. आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।
९.जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन ।
१०. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।
तपाईको प्रतिक्रिया