धनगढीमा नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
धनगढीमा  नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता

नारीकासिस डटकम/जेठ १०, धनगढी । धनगढीमा बिहीबारबाट नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एक समारोहकाबीच कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

सार्क राष्ट्र अन्तरगतका ६ देशका ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगिता तीन दिन चल्नेछ । राष्ट्रिय गोजुरियो कराते दो संघ, सुदूरपश्चिम प्रदेश समितकिो आयोजनामा भइरहेको प्रतियोगीताको उदघाटन समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड, राष्ट्रवादी विकाशिल अभियानका अन्तर्राष्ट्रिय विभाग प्रमुख नरेन्द्र ओली, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपकसिंह प्रदेश का प्रमुख अशोक थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकीस्तान, अफगानस्तानका खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको छ । प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा क्रमशः ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया