रुपन्देहीमा बँदेलको आक्रमणले ३ जना घाइते

नारीकोसिस डटकम/जेठ १२, बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नम्वर ७ यशोधरा पार्क ,शितलनगरमा आज बिहान बँदेलको आक्रमणले ३ जना घाइते भएका छन् ।
बँदेलको आक्रमणमा परी स्थानीय काशिराम गैरे, उनकी श्रीमती र एकजना पण्डित बुवा भनेर चिनिनेलाई बिहान आक्रमण गरेको थियो ।
घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जनाएको छ । घाइतेहरुका शरीरमा विभिन्न भागमा चोट लागेका छन् । उनीहरुको घाइतेहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।



तपाईको प्रतिक्रिया