बन्दले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

नारीकोसिस डटकम/जेठ, १३ काठमाडौं । विप्लवले आह्वान गरेको बन्दले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ ।
बन्दको पहिलो प्रभाव उपत्यकाको सवारी आवागमनमा परेको छ । विप्लवको निशानामा पर्ने डरले अन्य दिनभन्दा आज निकै कम सवारी चलेका छन् । चक्रपथ क्षेत्रमा तुलनात्मक रुपमा केही बढी गाडी चले पनि काठमाडौं, ललितपुरका भित्री भागमा कम मात्रामा सवारी गुडेका छन् ।
काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन पनि बन्दको मारमा परेका छन् । महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी साधन बाहिरिएका छैनन् ।
बन्दको असर उपत्यकाका शैक्षिक संस्थाहरुमा पनि परेको छ । कलेजहरुका कक्षाहरु भएका छैनन् भने विद्यालयहरुले पनि बालबालिकालाई विद्यालय नपठाउन अभिभावकहरुलाई सूचित गरेका छन् ।
भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको प्रहरी गोलीबाट मृत्यु भएको विरोधमा प्रतिबन्धित विप्लवले सोमबार बन्द आह्वान गरेको हो । बन्दको पूर्वसन्ध्यामा उपत्यकाका विभिन्न स्थानमा बम विस्फोट भएपछि उपत्यकाको जनजीवन त्रसित छ ।



तपाईको प्रतिक्रिया