ओ प्रेमी……..

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ओ प्रेमी……..

Share

यमुना थापा

आज तिम्रो नाममा बन्द खाम पठाउदै छु
प्रेमी,
यो तिम्री त्यहि प्रेमिकाको बन्द खाम हो,
जसले तिमीलाई कहिल्यै प्रेमी मानिन,

तिमीले हरफमा मागेको प्रेमको गरिराईलाई बुझिन,
तिमिले शब्दमा बयान गरेको प्रेम भित्रको जिन्दगीलाई बुझिन,

ओ प्रेमी !
मलाई यतिबेला तिमि माफ गरिदिदेउ है,
जब म तिमी र तिम्रो प्रेमबाट टाढा भए
तब म प्रेमको गरिराईमा डुब्दैछु,
प्रेमको अभावमा छट्पट्याउदै छु,
तिमीलाई बुझ्दै छु,
अझ प्रेम बुझ्दै छु,

किनकी मैले यतिबेला आएर जाने
छुटेर जानेहरु नै यादमा बढी आउरहेछन्,
घृणा गरेकाहरु नै अन्तत प्रीय बन्नेरहेछन्
उनीहरु नै जीवनको मीठो गीत हुदारहेछन्,
अनि संसार कै सुन्दर प्रीत हुदारहेछन्,

वश त्यसैले आज म कहि न कहि
तिम्रै प्रेमको आदर्शमा तिमिलाई नै गुरु मानेर
तिम्रै प्रेमको बाटो पछ्याइरहेकी छु
ओ प्रेमी !!

तपाईको प्रतिक्रिया