प्रधानमन्त्री ओली दिल्ली जाँदै

नारीकोसिस डटकम/जेठ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जान लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १३५ बजेको उडानबाट दिल्ली जानेछन् । सोही दिन साँझ ७ बजे मोदीको सपथग्रहण समारोह छ । मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार नै स्वदेश फर्किनेछन् ।
मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि बोलाइएको छ ।
यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।
मोदीको समथग्रहण समारोहमा थाइल्याण्ड मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुनेछन् ।
मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।



तपाईको प्रतिक्रिया