आज पहिलो राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
आज पहिलो राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै

Share

नारीकोसिस डटकम/जेठ १६, काठमाडौं । सरकारले ‘लैङ्गिक विभेदको अन्त्य, समृद्ध नेपालको गन्तव्य’ भन्ने नाराका साथ बिहीबार पहिलो ‘राष्ट्रिय महिला अधिकार दिवस’ मनाउँदै छ ।

पहिलो दिवसको अवसरमा बिहीबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुँदैछन् ।

महिला अधिकारका क्षेत्रमा भएका बिभिन्न चार उपलब्धीको खुसीमा सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । त्यसैले यसै वर्षबाट दिवस मनाउन सुरु गरिएको हो ।

आमा वा बुवामध्ये नामबाट पनि नागरिकता, कम्तीमा एक तिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता, विभेदकारी कानूनको खारेजी र महिलाप्रति हुने गरेको हिंसा अन्त्य गर्ने कुरालाई मुख्य चार उपलब्धीको रुपमा लिइएको छ ।

यद्यपि अझै पनि समाजमा बोक्सीको आरोपमा महिलालाई कुटपीट, बलात्कार, दुर्व्यवहार, घरेलु हिंसा कायमै छन् । यस्ता हिंसाविरुद्धको अभियानमा दिवसले सहयोग पुग्ने सरकारको विश्वास छ ।

तपाईको प्रतिक्रिया