महोत्तरीमा ज्वाइँलाई मोटरसाइकल नदिँदा छोरीको हत्या भएको आरोप

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
महोत्तरीमा ज्वाइँलाई मोटरसाइकल नदिँदा छोरीको हत्या भएको आरोप

Share

नारीकोसिस डटकम/जेठ १७, महोत्तरी दाइजोमा मोटरसाइकल नदिएको आरोप लगाउँदै एक परिवारजनले छोरीको हत्या गरेको बताएको छ ।

महोत्तरीको पिपरा गाउँपालिकामा दाइजोमा मोटरसाइकल नदिँदा पिपरा गाउँको वडा नम्बर १ की २० वर्षीया विमलादेवी यादवको हत्या भएको हो ।

मंगलवार मृत फेला परेकी यादवले आत्महत्या नभई हत्या भएको भन्दै माइतीपक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएका छन् ।

यता हत्या आरोप लागेका मृतककी सासु र नन्दहरुको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

छोरीको विवाहमा ५ लाख रुपैयाँ नगद, २ तोला सुन, ५० तोला चाँदी दिए पनि बेहुला पक्षले असन्तुष्टि जनाउँदै मोटरसाइकल माग गरेको मृतकका बुवा कमलेश यादवले बताए ।

मृतकको शवको पोष्टमार्टम भइसकेको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद रहेपनि अनुसन्धान पुरा भएपछि मात्र वास्तविकता खुल्ने र पोष्टमार्टम रिपोर्ट आइसकेपछि थप तथ्य खुल्ने प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया