योगशिक्षालाई विद्यालयस्तरमा राखिने

नारीकोसिस डटकम/जेठ १७, काठमाडौ योग शिक्षालाई विद्यालयस्तरमा राखिने भएको छ ।
शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग विषयलाई सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याउन पुस्तक छाप्ने काम भइरहेको जानकारी दिए। “नेपाल सरकारले योगलाई प्राथमिकतामा राखेको छ”, योग युनिभर्सिटी अफ अमेरिकाले बिहीबार आयोजना गरेको नेपाल–भारत योग प्रवद्र्वन कार्यक्रममा मन्त्री पोखरेलले भने ।
नेपालमा चार वर्षदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय गरी दुई पटक योग दिवस माघेसङ्क्रान्ति र २१ जुन मनाइँदै आएको छ। नेपालमा योगलाई योगा भन्दै आइएकाले शब्द उच्चारणमा ध्यान दिन पनि मन्त्री पोखरेलले सुझाव दिए ।



तपाईको प्रतिक्रिया