पहिरोका कारण नारायणगढ मुग्लिन सडक एकतर्फी मात्र संचालनमा

नारीकोसिस डटकम/जेठ १९, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ। शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो। अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ। सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो। रासस



तपाईको प्रतिक्रिया